बेत्रावती ः सुत्केरीको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर नुवाकोटको बेल्कोटगढी नगरपालिका–७, महादेवफाँटमा आफन्त र स्थानीयको विरोधका कारण तनाव सिर्जना भएको छ ।

 

त्रिशूली जिल्ला अस्पतालमा अत्यधिक रक्तश्रावका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीको हिजो मृत्यु भएको थियो ।

 

हिजो बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएपछि अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए ।

बच्चा जन्माउँदा खुला भएको उनको पाठेघर बन्द नभई अत्यधिक रक्तश्रावले जोखिममा परेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको शिक्षण अस्पताल पु¥याउँदा मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले बताए ।

 

नवजात शिशुको पनि श्वासप्रश्वास सन्तुलन नभएकाले शिशुलाई पनि थप उपचारका लागि नुवाकोटबाट काठमाडौँ ल्याइएको थियो ।
तर सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेको आरोप छ ।

 

चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाएकी वस्तीको शव काठमाडौँबाट अन्तिम संस्कारका लागि बिहीबार राति नै नुवाकोट लगेर विरोधस्वरुप त्रिशूली अस्पतालमा राखिएको छ ।

 

आफन्तले शव जिम्मा नलिने र दोषीमाथि कारवाही हुनपर्ने भन्दै आफन्तहरु अस्पतालमा परिसर भेला भएर विरोध जनाइरहेएका छन् ।

समयमै उपचार नपाएर सुत्केरीको मृत्यु भए पनि नवजात शिशुको काठमाडौँस्थित कान्ती बाल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै आएको बताइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version