काठमाडौं: नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा कृषि विकास बैंक आवद्ध भएको छ। अब बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भूक्तानी गर्न पाउने विज्ञप्तिमा उल्लेख छ।
यो प्रणालीमा बैंकका ग्राहकले खातालाई लिंक गरेर भूक्तानी लगायतका सेवा पाउने कम्पनीले जनाएको छ। यो प्रणालीमार्फत राजस्व भूक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिनेछ।
यो प्रणालीमा अहिलेसम्म ५७ वटा बैंक तथा वित्तिय संस्थाले सम्झौंता गरेर ५१ वटाले सेवा दिइरहेका छन्।
