काठमाडौँ: उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने कार्यतालिका फेरि सरेको छ।

यसअघि उनी आइतबार नेपाल आउने भनिएको थियो। अब उनी सोमबार दिउँसो साढे १२ बजेमात्रै नेपाल फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ ।

सिंगापुरमा रहेका प्रमुख सल्लाहकार बिष्णु रिमालका अनुसार प्रधानमन्त्री अस्पतालमा भर्ना भएर बसेनन् । अपार्टमेन्टमा बसेका प्रधानमन्त्री चिकित्सकको परामर्शका लागि नियमित अस्पताल गएका छन् ।

स्वास्थ्यजाँचका लागि ओली साउन १८ गते सिंगापुर गएका थिए। यसअघि ओली गत शुक्रबार नै नेपाल फर्किने भनिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version