काठमाडौँ: सरकारले आगामी १० वर्षभित्र १५ हजार किलोमिटर नयाँ सडक निर्माण गर्ने भएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज आयोजित साक्षात्कारमा मन्त्रालय दुई हजार ८०० किलोमिटर रेलमार्ग बनाउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै आगामी ११ महिनाभित्र काठमाडौँ उपत्यकालाई सुन्दर नगरका रुपमा विकास गर्ने बताउनुभयो ।

 

उहाँले काँकडभिट्टा–गड्डाचौकी–काठमाडौँ, भैरहवा तथा मुख्यमुख्य शहर जोड्ने रेलसेवा सञ्चालनका लागि डिपिआर तयार भइसकेको र विद्युतीय रेलमार्गको प्रारम्भिक अध्यययनको काम शुरु भइसकेको बताउनुभयो ।

 

यस वर्षको गत असार २४ गतेसम्म छ, चार र दुई लेनका ९१५ किलोमिटर सडक निर्माण भएका र २४३ विभिन्न खाले पुल निर्माण कार्य पूरा भएको उहाँले जानकारी दिनुभयो ।

 

मन्त्री महासेठले आगामी दुई वर्षभित्र समुद्रमा नेपालको लोगोसहितको पानीजहाज सञ्चालन तथा क्रसबोर्डर रेलसेवा सञ्चालनका लागि भारतसँग सम्झौता भइसकेको बताउनुभयो ।

 

उहाँले काठमाडौँ उपत्यकामा यात्रीमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री ६०० वटा विद्युतीय बस खरीद प्रक्रिया भइरहेको र यसका लागि रु ३०० करोड भुक्तानी भइसकेको जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version