काठमाडौं : सामाजिक संजालमा लामो असहमति व्यक्त गरेपछि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई  अमेरिकी राजदूतावासले अचानक भिसा दिएको छ ।

अमेरिकी राजदूतावासले आज मंगलबार बिहानमात्रै लामिछानेलाई भिसा दिन आनाकानी गर्दै आएको थियो । यसका बारेमा सन्दीपले ट्वीटमा लेखेका थिए, ‘आउँदो क्यारिबियन प्रिमियर लिग (सीपीएल) का लागि आज म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो। राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परेको छु । म निःशब्द भए र म हास्दै ती सबैकुरा हेरिरहेको थिए , मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे। खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ।’

सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतलाई उल्लेख गरेका थिए।

यसले दूतावासको चर्को आलोचना भएपछि रिभ्युका लागि भन्दै दिउँसो दूतावासले सन्दीपलाई फेरि बोलाएको थियो।

त्यसपछि सन्दीपलाई भिसा दिएको उनका नेपाली व्यवस्थापक रमन शिवाकोटीले बताए।

आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुने यस सिजनको क्यारिबियन प्रिमियर लिग(सीपीएल)खेल्न अमेरिका ट्रान्जिट पर्ने भएकाले सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए ।

सीपीएलमा सन्दीप यस सिजनमा बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्दैछन्। त्यसका लागि सन्दीप यही अगष्ट अन्तिम अथवा सेप्टेम्बर पहिलो साता वेष्ट इण्डिज उड्ने योजनामा छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version