काठमाडौँ : नेपाल राष्ट्र बैंकले जनताको निक्षेप सुरक्षित गर्न र विभिन्न कोणबाट आएका प्रश्नलाई सम्बोधन गर्ने क्रममा ऐनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद सम्बन्धी विषयअघि सारिएको जानकारी दिएको छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले ९२ प्रतिशत निक्षेप कर्ताको भावनालाई सम्बोधन गर्न बंैक तथा वित्तीय संस्थाका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको योग्यता र सेवा अवधिकाबारे निर्णय लिएको जानकारी दिए ।

राष्ट्रबंैकलाई बंैक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यतालगायत आधार तोक्ने, नियमन र सुपरिवेक्षण अधिकार रहेको बताउँदै उनले निजामती, स्वास्थ्य, न्याय, संवैधानिक आयोगको पदाधिकारीको सेवाअवधि र उमेरका आधारमा निकै लामो छलफलपछि मात्र बैंकको अध्यक्षको ७० र प्रमुख कार्यकारी अधिकृतको ६५ कायम गर्ने निर्णय भएको बताए ।

मुलुकको बैंकमा अहिले रु ३२ खर्ब ३५ अर्ब जनताको निक्षेप रहेको जानकारी दिँदै उहाँले त्यसमध्ये केवल ८.६ प्रतिशत मात्र शेर बंैक सञ्चालक सदस्यको रहेको छ भने । सञ्चालक समितिका पदाधिकारी निकै वृद्ध र कार्यकारी अधिकृतको बढी कार्यकाल हुँदा आउनसक्ने जोखिम र अपचलनको पाटोलाई हेक्का राखेर परिचयपत्र गर्ने कार्यअघि बढाइएको सो अवसरमा जानकारी दिइयो ।

गभर्नर नेपाले भने, “अहिले हामीले सुनिरहेको आवाज–८ प्रतिशतको मात्रै हो, विगतमा १६ वटा संस्था समस्या ग्रस्त हुँदा अध्यक्ष र कार्यकारी अधिकृतको गलत क्रियाकलापका कारण रु १७ अर्ब अपचलन भएर समस्या खेप्नुपरेको घटनालाई आधार बनाएर निक्षेपकर्ताको पैसा सुरक्षित राख्न यो निर्णय लिएका हौँ ।”

धितोपत्र कारोवार सञ्चालन गर्न राष्ट्र बैँकसँग १९ वटा बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी सञ्चालन गर्न स्वीकृति लिइसकेको जानकारी दिँदै उनले भने, “७५३ स्थानीय तहमध्ये ७३५ स्थानमा बैंक तथा वित्तीय संस्था पुगिसकेको हुँदा ती स्थानमा धितोपत्र कारोबार गर्नसक्ने संस्था र व्यक्तिलाई सहायक कम्पनी खोल्न दिँदा शेर मार्केट विस्तार हँुदै जान्छ भन्ने हाम्रो सोच हो । ”

अर्थ मन्त्रालयका सचिव राजन खनालले दैनिक कारोवार, सूचीकृत सङ्ख्यालाई विश्लेषण गर्दा पूँजी बजार क्षेत्रले स्थायित्व कायम गरिरहेको प्रष्ट झल्कन्छ भने । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले पछिल्लो समय धितोपत्र बजार क्षेत्रमा सुधारमात्र होइन निकै ठूलो परिवर्तन आएको बताए । अहिले धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्या झण्डै १६ लाखको हाराकारीमा पुगेको जानकारी दिँदै उनले बंैकले आकर्षक ब्याज प्रदान गरेका कारण शेरबजार क्षेत्रमा जोखिम मोलेर लगानी गर्न डराएका कारण शेरबजार प्रभावित भएपनि धरै उतारचढाव नभएको बताए ।

नेपाल स्टक एक्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले गत आर्थिक वर्ष २०७५÷७६ मा दैनिक ४४ करोड ७४ लाख बराबरको शेर कारोवार भएको, बजार पूँजीकरण १५ खर्ब ६७ अर्ब पुगेको तथा बजारमा सूचीकृत भएका कम्पनीको सङ्ख्या २१५ पुगेको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version