काठमाडौँ: चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थक तथा नागरिक समाजका अगुवाहरु आजबाट सामूहिक सत्याग्रहमा बस्ने भएका छन् ।

२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आम नागरिकको सहभागितामा वसन्तपुर डबलीमा सत्याग्रह हुन लागेको हो ।

सोलिडारिटी फर डा. केसी अलायन्सकाे आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।
०६२–६३ को जनआन्दोलन र त्यसपूर्व निकै सक्रिय नागरिक समाजका अगुवाहरुले केसीका मागबारे सरकारले उदासीनता देखाएको भन्दै सरकारको कडा आलोचना गरेका थिए ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि प्रबुद्ध समूहले शनिबार राजधानीमा प्रदर्शन गरेको थियो ।

स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरकारले गत बिहीबार हेलिकप्टरबाट डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उनि शिक्षण अस्पतालमा २२ औँ दिनको अनशनमा हुनुहुन्छ । यो उनको १५ औँ पटकको अनशन हो ।

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version