काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ ।

 

‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो ।

 

चिकित्षकका अनुसार रगतमा क्रिएटिनिनजी स्तर पहिले सिंगापुर जानुअघि र अहिले खासै घटेको छैन।

 

सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए ।

 

छाउनीमा प्रम ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो। यो परीक्षण प्रत्यारोपण गरिएको मृगौलाको अवस्था मुल्यांकन गर्नसमेत गरिन्छ।

 

मृगौला प्रत्यारोपणपछि अर्काको मृगौलालाई शरीरले अस्विकार नगरोस् भनेर जीवनभर रोग प्रतिरोधक क्षमता कम गर्ने इम्युनोसप्रसेन्ट औषधी सेवन गर्नुपर्ने हुन्छ।

यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version