गोरखा : गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ ।
गए रातिको पहिरोले २९ घर जोखिममा परेका छन् । साथै तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।
स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ ।
पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उनले बताए।
त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको छ ।
Facebook Comments Box
