काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा बलियो टीम आर्सनलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा कायम रहेको छ ।

 

आर्सनल लिभरपुलसँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिभरपुलले खेलको शुरुबाटै आर्सनललाई दबावमा राखेको थियो ।

 

पहिलो हाफको अन्त्यतिर गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । खेलको ४१औं मिनेटमा गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो ।

 

दोस्रो हाफको ४९ र ५८औं मिनेटमा स्टार स्ट्राइकर मोहमद सलाहले लगातार गोल गर्दै लिभरललाई तीन–शून्यको अग्रता दिलाएका थिए । खेलको ८५औं मिनेटमा आर्सनलका लागि लुकासले सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् ।

 

जितसँगै तीन खेलबाट लिभरपुलले नौ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने हारसँगै आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version