काठमाडौं : देशमै पहिलो पटक प्रविधिको प्रयोग गरी प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थिति हुने गरी आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ।
सिंगापुरबाट प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत बैठकमा उपस्थिति जनाइ आज दिउँसो १ बजे बैठक बस्ने तयारी भएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
गर्नैपर्ने नियमित कामकारबाही नरोकियोस भन्नका निम्ति गत साता बसेको मन्त्रीपरिषदको बैठकले सो व्यवस्थाको निर्णय गरेकोृ थियो ।
आजको बैठकमा सिंगापृुरबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने र यता अन्य मन्त्रीहरु सहभागी हुने कार्यालयले जनाएको छ ।
Facebook Comments Box
