काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरे । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले तत्काल चर्चा पाएको छ ।

सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत भूमिका हुने भएकाले सरोकारवालासँग छलफल आवश्यक छ,’ उनले भने ।

न्त्रालयले यस घोषणाको कार्यान्वयनमा मन्त्रालय, प्राधिकरण र वायुसेवा कम्पनीहरुलाई जिम्मेवार निकाय तोकेको छ । यो कार्यक्रम वित्तीय अनुशासनभित्रै बसेर गरिएको भन्दै मन्त्री भट्टराईले स्रोतको व्यवस्थापनमा समस्या नहुने समेत आश्वासन दिएका छन् ।

सरकारले चालु आर्थिक वर्ष भित्रै अन्तर प्रदेश उडानलाई प्रोत्साहन गर्ने भएको छ । सबै प्रदेशका राजधानी जोडिने गरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसँग छलफल गरी अन्तर प्रदेश हवाई सेवा सञ्चालनको योजना सरकारले बनाएको छ । यसको चाँजोपाँजो पनि तीन महिना भित्रै गरिने मन्त्रालयले उल्लेख गरेको छ ।

काठमाडौंबाट साना जहाजको उडान निरुत्साहित गर्दै जाने र काठमाडौं बाहिरका विमानस्थलबाट दूर्लभ भेगका विमानस्थलमा साना जहाजलाई उडाउने योजना मन्त्रालयले सार्वजनिक गरेको छ । काठमाडौंमा भने ७० सीट र सोभन्दा माथिका जहाजलाई उडानमा प्रोत्साहन गर्ने मन्त्री भट्टराईले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version