काठमाडौं: बिगत केहि समयदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले पुन: बढ्न थालेको छ ११०/१११ रुपैयाँको हाराहारीमा रहेको डलरको भाउ आज ११५ रुपैयाँ १९ पैसामा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

एक महिना अघिसम्म डलरको भाउ ११० रुपैयाँ रहेको प्रति डलर पाँच रुपैयाँले बढेर ११५ रुपैयाँ पुगेको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ। एक सय भारु बराबर एक सय ६० रुपैयाँ नेपाली रुपैयाँ हुने निर्धारण भएपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्छ।

यसरी नेपाली रुपैयाँ कमजोर हुँदा आयात महँगो हुने हुँदा आयातित बस्तुको मुल्यमा चाप पर्ने छ । डलर मजबुत हुँदा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।

दशैंको मुखमा यसरी नेपाली मुद्राको अबमुल्यन हुँदा आयातित सामानको मूल्यमा चाप पर्न हुनाले उपभोक्ता मारमा पर्ने अर्थविद डा चन्द्रमणि अधिकारी बताउछन् ।

नेपाली रुपैयाँ कमजोर हुँदा सरकारले लक्षित गरेको मुद्रस्फीति भन्दा बढ्ने उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version