काठमाडौं : बैंक आफ काठमान्डूले १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६% बोनस र ११% नगद लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, बैंकले ४८ करोड ३७ लाख ८६ हजार ६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ८८ करोड ६९ लाख ४१ हजार ११० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्म बैंक अफ काठमान्डूले १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version