काठमाडौं : निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता अह्वान गरेको छ। संघ, प्रदेश तथा स्थानीय तहका रिक्त ५१ पदमा उपनिर्वाचनका लागि दल दर्ताको अह्वान गरेको हो।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनका लागि दर्ता भएकाबाहेक दलले भदौभित्र दर्ता गर्नुपर्ने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए।

उनका अनुसार उपनिर्वाचनमा भाग लिन राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा निवदेन दिनुपर्नेछ।

नयाँ दलका रूपमा नेकपा, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), विवेकशील र साझा विवेकशील पार्टीलगायत दल उपनिर्वाचनका लागि दर्ता हुनुपर्नेछ। आयोगमा १३२ दल दर्ता छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version