काठमाडौँ: संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि विकास बैंकले शंकरदेव क्याम्पसलाई सहयोग प्रदान गरेको छ ।
कृषि विकास बैंक पुतलीसड्कको आयोजनामा राष्द्रिय वाणिज्य दिवसको उपलक्ष्यमो शंकरदेव क्याम्पस विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा मंगलबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी उपाध्यायले व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप ५० हजार रुपैयाँको चेक अल्मुनाइका अध्यक्ष अमोदा श्रेष्ठलाई प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले आफु पनि उक्त क्याम्पसको पूर्व विधार्थी रहेको र आमन्त्रणका लागि धन्यवाद प्रदान गर्दै बैंक तथा क्याम्पस बिच लामो समय देखि व्यवसायिक सहकार्य रहेकोमा अवका दिनमा अझ बलियो सहकार्यको अपेक्षा व्यक्त गरे ।
उनले देशको अग्रणी बैंक तथा बैंकिङ क्षेत्रको महत्वपूर्ण घटकको रुपमा रही अर्थतन्त्रमा योगदान गर्दै आएको, शहर देखि ग्रामिण क्षेत्र सम्म कार्यक्षेत्र रहेको बैंकले कृषि, पशु तथा विपन्न वर्ग, प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गरि गरिब जनताको आर्थिक अवस्था सुदृढ गर्दै कर्जा लगानी मार्फत उद्योग तथा व्यापारको विकासमा समेत सहयोग पुरयाउदै आएको कुरा व्यक्त गरे ।
बैंकले नेपाल सरकारले ल्याएकोे सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रथामिकताका साथ कार्यन्वयन ल्याएको , राष्ट्रिय अर्थतन्त्रमा बैंकको योगदान महत्वपूर्ण रहेको र भविष्यमा बैंकलाई ग्राहक र समयको चाहना अनुसार बैंकका सेवाहरुमा थप विस्तार उनले बताए ।
सो कार्यक्रममा बैंकका उप महाप्रबन्धक प्रताप सुवेदी, कर्जा अनुगमन तथा असूली विभागका विभागिय प्रमुख ध्रुवचन्द्र गौतम, क्षेत्रीय कार्यालय काठमाण्डौंका निर्देशक करुणचन्द्र घिमिरे तथा शाखा कार्यालय पुतलीसडकका प्रबन्धक प्रकाश पाण्डे समेतको उपस्थिती रहेको थियो ।
