काठमाडौँ: महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गर्ने ५ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्वक छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले आज दिउँसो काठमाडौं उपत्यकाको न्यूरोड र कुलेश्वयर एरियाका बिभिन्न स्थानहरुमा छापामारी चेकजाँच गर्दा नगद, चेक रकम, बिभिन्न बैकका हस्ताक्षर गरी राखिएका चेकबुकहरु, WhatsApp, मा गरिएको हुण्डीको कारोवार सहितको बिवरण, हुण्डी कारोबार गरिएको कागजातहरु बरामद गरी ५ जना व्यक्तिहरुलाई पक्राउ गरिको महाशाखाले जनाएको छ।

निजहरुलाई प्रारम्भिक अनुसन्धान शुरु गरिएको तथा थप अनुसन्धान तथा कारवाहीको लागि राजश्वह अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने छ ।

पक्राउ पर्ने अभियुक्तहरुमा भारत दिल्ली घर भई हाल का.जि का.म.न.पा कुलेश्वर बस्ने बर्ष ४५ का विजय गुप्ता ( माँ चामुण्डा फ्रुट सेन्टरका ब्यापारी), रिभरसिटी सहकारी संस्थाका कर्मचारी दिपक श्रेष्ठ, जि. चितवन खैरेनी न.पा १० शान्तिवजार हाल का.जि.का.म.न.पा बाफल बस्ने ब्राईन ईन्टरनेशनल प्रा.लि.को कर्मचारी संजित पाण्डे छन् ।

त्यसैगरि, भारत घर भई हाल का.जि ताहाचल बस्ने बर्ष २९ का व्यापारी अंकित अग्रवाल र धनकुटा जिल्ला महालक्ष्मी न.पा ३ हाल का.जि पुतली सडक बस्ने रिभरसिटी सहकारी संस्थाका कर्मचारी पुजन छाला जिमी पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ५३ लाख १९ हजार ६ सय ७५ नगद र २३ लाख १३ हजार बराबरको चेक बरामद गरको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version