हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध चरेस पाँच किलोसहित तीन जना भारतीय नागरिक तथा साढे १२ किलो गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 

प्रहरीले शनिबार दिउँसो हेटौँडा, रातोमाटे चेकपोष्टबाट बी।आर।०१पीएफ ७९९८ नंको भारतीय कारमा अगाडिपट्टिको एसीमा फल्स बटम बनाई चार किलो ९०० ग्राम चरेस लुकाई हेटौँडातर्फ ल्याउँदै गर्दा उक्त परिमाणको चरेससहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय शिवराज सिंह, सोही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पासवान र अर्का सोही ठाउँका २४ वर्षीय राजु महतो रहेका छन् ।

 

त्यस्तै प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई पनि आजै सार्वजनिक गरेको छ ।

 

प्रहरीले कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ र सोही ठाउँका २१ वर्षीय दीपेश थिङलाई १२ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेका जनाएको छ ।

 

राक्सिराङ गाउँपालिकाको कालिका दोभानस्थित बाटोमा हिँडिरहेका उनीहरुले बोकेको झोला प्रहरीलाई शङ्का लागी खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका पाँचै जनालाई लागुऔषध कारोवार तथा ओसारपसारमा संलग्न रहेको आधारमा कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version