काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई)को नेपालले सदुपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको बिआरआईसम्बन्धी सम्वादको समापानमा उहाँले उक्त परियोजना बहुआयामिक भएकाले नेपाल जस्तो समृद्धिको यात्रामा उन्मुख भएको मुलुकले त्यसबाट आर्थिक लाभ लिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा सरकारले आवश्यकताको पहिचानका लागि अध्ययन गरी स्पष्ट खाका बनाउनुपर्छ, यसबारे उठेका जटिल विषयवस्तु भएमा व्यापक अन्तक्र्रिया गरेर टुङ्गोमा पुग्नुपर्छ ।”

उहाँले विश्वव्यापीकरणको वर्तमान युगमा बिआरआईजस्ता पहलबाट नेपाल विमुख हुन नहुने र यसबाट हुन सक्ने पूर्वाधार विकासका लागि आवश्यक प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । सङ्गठनका इञ्चार्ज अग्नी सापाकोटाले सम्वादबाट प्राप्त सुझाव पार्टी र सरकारको नेतृत्वलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । सम्वादको आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version