काठमाडौं : सनराइज बैंकले १५.८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र ५.८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गरिनेछ । बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, बैंकले ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
हाल सनराइज बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्नेछ ।
Facebook Comments Box
