काठमाडौं: ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने नाराका साथ आज संविधान दिवस मनाइदैछ ।

 

बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको हो ।

 

नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको छ । यसैवीच , आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिदैछ ।

 

यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ ।

 

सबै कार्यक्रममा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइने जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version