काठमाडौं: विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले अन्तत: राजिनामा दिएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका थिए ।
सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै उनी रुँदै सिंहदरवारबाट बाहिरेका थिए । काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको उनको भनाई थियो ।
उनले कतिपय आफ्नो विरोधमा केही तत्व पछाडि लागेका बताए । कतिपय कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए ।
आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको पनि उनले बताए । मौकिल हक सम्बन्धी १५ वटा कानुन कानुन मन्त्रालयबाट अगाडि बढेको पनि उनले बताएका छन् ।
