काठमाडौँ: मास प्रिन्टरमा छापिने स्मार्ट कार्ड (लाइसेन्स) त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा १ लाख स्मार्ट कार्ड आइपुगेको र भन्सार पास गर्ने प्रकृया चलिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

‘अहिले १ लाख कार्ड आइपुगेको छ। अब छिटै बाँकी ९ लाख पनि आइपुग्छ,’ उनले भने।

स्मार्ट कार्ड विभागमा आएसँगै मासप्रिन्टरबाट लाइसेन्स छाप्ने प्रकृया सुरू गर्ने हमालले जानकारी दिए।

मास प्रिन्टर केही समय अघि नै आइपुगे पनि कार्ड नआइपुग्दा विभागले ठूलो परिमाणमा लाइसेन्स छाप्न सकेको थिएन।

विभागले एसियाली विकास बैंकको सहयोगमा एउटा मास प्रिन्टर र १० लाख कार्डको ठेक्का आह्वान गरेको थियो। यो ठेक्का भारतको मद्रास प्रिन्ट्सले पाएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version