काठमाडौं: कृषि विकास बैंकले सिस्टम ह्याक गरी बैंकको रकम चाेरी भएकाे सवालमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ। राष्ट्र बैंक आज बिहानैदेखि सोही विषयमा छलफलमा जुटेको छ।

 

कृषि विकास बैंकले चार करण रकमसम्म तलमाथि भएको जनाए पनि राष्ट्र बैंकलाई मौखिक रुपमा दुई करोड भन्दा बढी रकम सारिएको जानकारी गराएको थियो। तर बैंकले राष्ट्र बैंकलाई लेखेको पत्रमा भने ५० लाख रुपैयाँ सारिएको उल्लेख गरेर पत्र पठाएको छ।

 

लाहान कार्यलयको इनकमबाट डेविट गरेर ५० लाख बिभिन्न खातामा ट्रान्सफर गरेर निकालेको भन्ने पत्र हामीकोमा आएको छ’ राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख बमबहादुर मिश्रले थाहाखबरसँग भने। नेपाल प्रहरील झण्डै दुई करोड रुपैयाँ चोरी भएको भन्दै ११ जानलाई प्रकाउ गरेको छ।

 

कृषि विकास बैंकको स्रोतअनुसार बैंकका कर्मचारीको संलग्नता देखिएको छ। ‘हाम्रा बैंकका कर्मचारीको सहभागित रहेको देखिएको छ, यस विषयमा विशष रुपमा अनुसन्धान गरिरहेका छौँ त्यस विषयमा हामीले सम्बन्धित शाखाहरूमा छलफल समेत गरेका छौँ ‘ कृषि विकास बैंकका एक उच्च अधिकारीले भने।

 

कृषि विकास बैंकको आयव्यव विवरणको रकममध्ये चार करोड रुपैया सारिएको शंका बैंकको छ। अचानक धेरै पैसा निकालेपछि निगरानी बढाएको र पत्ता लागेको बैंकले जनाएको छ। तीन जना कर्मचारीहरुको ‘युजर’ र प्रयोग गरेर निकालिएको जनाएको छ। बै‌कले चारवटा बै‌ंकबाट पैसा व्यक्तिको खातामा सारिएको जनाएको छ।

 

प्रणालीभित्र छिरेपछि उनीहरुले बैंकको नाफा/घाटा खातामा जम्मा भएको रकमलाई आफ्नो खातामा सारेको जनाइएको छ। यसलाई राष्ट्र बैंकले ब्यालेन्ससिट ह्याकिङको रुपमा दिएको छ। राष्ट्र बैंकले कृषि विकास बैंकका कर्मचारीसँग थप छलफल गरेर आफ्नाे अनुसन्धान अघि बढाउने जानकारी गराएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version