काठमाडौँ: नेपाल टेलिकमको महत्वकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ ।

 

नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्दै छ । यो समाचार आज विश्वास रेग्मीले लेखेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version