काठमाडौँ: विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सांसदले हैसियतमा काम गर्न नपाउने भएका छन् ।

संसद सचिवालयले बुधबार प्रतिनिधिसभा नियमावलीको नियम २४४ को ३ अनुसार सूचना जारी गरी साहले हिरासतमा रहेको अवस्थामा सांसदको हैसियतले कुनै कार्य गर्न र उन्मुक्ति प्राप्त नहुने उल्लेख गरेको छ । सांसद साहले हिरासतमा रहेको अवधिको पारिश्रमिक, सेवा र सुविधा पनि नपाउने नियमावलीमा व्यवस्था छ ।

जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले साहलाई काठमाडौंबाट पक्राउ गरेको थियो । अदालतले साहलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्नसमेत आदेश दिइसकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version