काठमाडौँ: नेपाल प्रहरीले दाङमा चलाएको अपरेशनका क्रममा पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (बीरजंग) पनि रहेको खुलेको छ ।

नेपाल प्रहरीले बिहीबार बिहान १ बजे पक्राउ गरेका २१ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

५ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो ।

सो बैठकमा विप्लवका दाइ चन्द्र बहादुर चन्द ‘वीरजंग’सहित साविक राप्तीका पाँच जिल्लाहरु दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुमका इन्चार्जहरू पनि पक्राउ परेको हुनसक्ने प्रहरीको भनाइ छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version