काठमाडौँ: महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने ३ जनालाई नोट बनाउन प्रयोग हुने बिभिन्न समानहरू सहित पक्राउ गरेको छ ।
प्रहरीले आज बिहान ५:३० बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका(६ नयाँबस्ती बिपुल चोकबाट दोलखाका राजन परियार, सोही ठाउँका सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको छ ।
नयाँबस्ती बिपुल चोक स्थित एक घरमा कोठा भाडामा लिई नक्कली नोटहरू छापीरहेको अबस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले नक्कली नेपाली नोट १ हजार दरका ३४ थान ९३४ हजार०, बिभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५, नोट बनाउने कागज ठुलो १ सय ४२ थान र सानो कागज १ सय ४९ थान बरामद गरेको छ ।
यसैगरी रंगिन फोटोकपी मेसिन १ थान, कम्प्युटर ऋएग् २ थान सोको मनिटर १ थान, हिटर १ थान, क्यामेरा १ थान, कैची ४ थान, ग्लुस्टिक ७ थान समेत बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
