काठमाडौं: प्रदेश ५ को सूचना प्रविधी प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा नियुक्त भएका छन।

बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले बाँस्कोटालाई आगामी ५ बर्षको कार्यकालका लागि नियुक्त गरेको हो।

बिगतमा राष्ट्रिय सूचना प्रविधी केन्द्र, सिंहदरबारमा कार्यकारी निर्देशकको ४ बर्षे जिम्मेवारी पुरा गरिसकेका उनले आफ्नो कार्यकालमा राष्ट्रको दुरगामी महत्व राख्ने राष्ट्रिय परिचयपत्र , सवारी अनुमती पत्र, राष्ट्रिय डाटासेन्टर , बिपत ब्यबस्थापन केन्द्र , सरकारी नेटवर्क तथा बिध्युतीय मानक जस्ता पारीयोजनाहरुको सफल कार्वान्वयन गरेका थिए।

त्यस्तै, एसियाली बिकास बैंकको सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सन्चालन भएको सूचना प्रविधी बिकास पारीयोजनाको कार्यक्रम निर्देशक भई बिध्युतीय सरकार गुरुयोजनाको कार्यन्वयन गरेका थिए।

झन्डै २ दशक काठमाडौं विश्वविध्यालयको प्राध्यापकको रुपमा रही कम्प्युटर ईन्जिनियरिङ शिक्षाको क्षेत्रमा लामो योगदान दिएका उनले बिभिन्न मन्त्रालय तथा अन्तररास्ट्रिय बिकास साझेदारहरुको बिग्य को रुपमा काम गरिसकेका छन।

प्रदेश ५ को मन्त्रिपरिषदको बैठकले अनुप बाँस्कोटालाई सूचना प्रबिधी प्रतिष्ठानको कार्यकारी निर्देशकमा ५ बर्षाको लागि नियुक्त गरेको छ। २०५५ साल देखी काठमाडौं विश्वविध्यालयमा प्राध्यापन शुरु गरेका बाँस्कोटा कम्प्युटर ईन्जिनियरिङ्ग बिभागको सह( प्राध्यापर्क ्बिभागीय प्रमुखको रुपमा कार्यरत थिए ।

त्यसैगरी उनी केन्द्र सरकारको राष्ट्रिय सूचना प्रविधी केन्द्रको कार्यकारी निर्देशक को रुपमा कार्यरत हुँदा नेपाल सरकारको ई(गभर्नेन्स कार्यक्रमको कार्यन्वयन शुरु भएको थियो। राष्ट्रिय परिचयपत्र, ई(सवारी अनुमतीपत्र, सरकारी एकक्रीत सूचना केन्द्र, डीजास्टर रिकभरी सेन्टर र राष्ट्रिय ई(मानक को योजना निर्माण तथा कार्वान्वयन मा प्रमुख भूमिका खेलेका उनले एसियाली बिकास बैंकको सहयोगमा सन्चालित राष्ट्रिय सूचना प्रविधी बिकास परीयोजनाको कार्यक्रम निर्देशक रहेर पनि बिगतमा राष्ट्रको सूचना प्रविधी क्षेत्रमा उल्लेख्य योगदान दिएका छन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version