घोराही: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमै दाङसहित देशका ४१ जिल्लामा विद्युतीकरण गरिने बताउनुभएको छ ।

उहाँले देशमा विद्युत् उत्पादनको मात्रा बढिरहेकाले देशका अंधिकांंश जिल्लाका प्रत्येक गाउँबस्तीमा विद्युत् पु¥याउने सरकारको लक्ष्य पूरा हुन लागेको बताउनुभयो । “पहिलो चरणमा ४१ जिल्ला पूर्णरुपमा विद्युतीकरण गरिन्छ”, उहाँले भन्नुभयो, “आगामी वर्ष अरु थप जिल्लामा पनि विद्युतीकरण गरिने तयारी छ ।” मन्त्री पुनले विद्युत्सँगै सौर्य, बायोग्यासलगायत वैकल्पिक ऊर्जाका माध्यमबाट देशलाई उज्यालो बनाउने अभियानमा लागिएको बताउनुभयो ।

प्रेस सङ्गठन दाङ शाखले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले हालसम्म केही विद्युत् भारतबाट आयात गरिए पनि आगामी वर्षदेखि भने निर्यातको चरणमा पुगिने जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धिदर पनि विद्युत्को सहज पहँुचकै कारण सम्भव भएको जिकिर गर्दै मन्त्री पुनले आगामी वर्षमा थप एक हजार मेगावाट विद्युत् मुख्य प्रसारण लाइनमा जोडिने हुँदा कृषि, ऊर्जा, पर्यटन र होटेल व्यवसायमा लगानीको थप बाटो खुलेको छ भन्नुभयो ।

नेपालले भारत, बङ्गलादेश र चीनसँग विद्युत् बेच्ने सहमति गरिसकेकाले आउँदो १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरेर यी तिनै देशमा विद्युत् बिक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि उहाँले जानकारी गराउनुभयो । सरकारले देशको भौतिक एवं मानवीय विकासका लागि बाह्य र आन्तरिक लगानी बढाइरहेको हुँदा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा छिट्टै पूरा हुने मन्त्री पुनले आशा व्यक्त गर्नुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version