काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित भएको छ। महासंघको आइतबार बसेको स्थायी समिति बैठकले विशेष साधारणसभा स्थगितको निर्णय गरेको हो।

‘नेपाल उद्योग वाणिज्य महासंघ विधान २०४९(छैठौं संशोधनसहित) संशोधनका लागि यही २०७६ कात्तिक २९ गते हुने भनिएको विशेष साधारणसभा रोकिएको ब्योहोरा सम्वन्धित सबै सदस्यज्यूहरुलाई निर्णय अनुसार जानकारीका लागि अनुरोध गर्दछु’ महासंघका महानिर्देशक धरणीधर खतिवडाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

योसँगै वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान लगायतको संशोधनको प्रकृया तत्कालका लागि रोकिएको छ। यो साधारणसभा स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको भावी अध्यक्षमा चयन हुने निश्चित भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version