काठमाडौँ: सेयर बजार साताको अन्तिम कारोबारको दिन बिहाबार पनि घट्ने क्रम जारी रह्यो । आज नेप्से परिसूचक ३ दशमलब १५ अंकले घटेर १ हजार १९१ दशमलब २० अंकमा झरेको छ ।
होटल समूह बाहेक सबै समूहको परिशूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बिमा ४८ दशमलब ०८ अंकले र निर्जीवन बीमा समुहको परिसूचक २७ दशमलब १७ अंकले घटेको छ ।
यधपी, होटल समूहको परिसूचक ४४ दशमलब ५४ अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ४९१ कारोबारबाट १९ करोड ३० लाख २८ हजार १२४ रुपैयाँ बराबरका ७ लाख ९२ हजार ५५ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
Facebook Comments Box
