काठमाडौँ युवा तथा खेलकूद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई प्रभावकारी बनाउँदै लगेको छ । बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले स्थापित यो कोषले आर्थिक वर्ष ०७६÷०७७ मा १२ हजारलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेका छ । पहिलो चौमासिकमा एक हजार ५०७ लाई कर्जा प्रदान गरिएको कोषका उपाध्यक्ष डा प्रेम दङ्गालले जानकारी दिनुभयो ।

उहाँले यो आवमा रु एक अर्ब ५० करोड कर्जा लगानी गर्ने लक्ष्य राखिएको बताउनुभयो । “पहिलो चौमासिकमा थुप्रै काम गरेका छौँ”, उहाँले भन्नुभयो, “लक्ष्य भेटाउने गरी कामलाई तीव्रता दिँदै गइरहेका छौँ ।” पहिलो चौमासिकमा २४ जिल्लाका ३४१ सहकारी संस्था तथा करिब दुई हजार ५०० व्यवसायीको अनुगमन सम्पन्न गरिएको छ ।

“एक सय २६ लाई रु ११ लाख ३६ ब्याज अनुदान प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “दुई हजार ३१८ व्यवसायी र तिनीहरुको परियोजना बीमा गर्ने कामसमेत सम्पन्न गरिएको छ ।” दङ्गालले रकम दुरुपयोग गर्ने सहकारीलाई कडाइका साथ कारवाही गर्ने गरिएको जनकारी दिनुभयो । “सहकारीका पदाधिकारीको घरजग्गा, चल, अचल सम्पत्ति, सरकारी सेवा सुविधासमेत रोक्का गर्दै कालोसूचीमा राख्ने प्रावधान बनाएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले ‘एक स्थानीयतह एक नमूना व्यवसाय’कार्यक्रमलाई अघि सारिएको भन्दै दु्रत कर्जाबाट ऋण प्रदान गरिएको बताउनुभयो । मन्त्रालयका निमित्त सचिव अर्णप्रसाद न्यौपानेले यो आवलाई युवा परिचालन वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै युवा स्वरोजगार कोष र राष्ट्रि«य युवा परिषद्को संस्थागत संरचना परिवर्तन गरी स्वरोजगारी सिर्जना गरिएको बताउनुभयो ।

उहाँले युवा र खेलकूद क्षेत्रको विकासका लागि मन्त्रालयले प्रगति देखिने गरी काम गर्न सफल रहेको दाबी गर्नुभयो । “युवातर्फ उपराष्ट्रपति युवा पुनःस्थापना कार्यक्रम, युवा अनुभव आदानप्रदान, राष्ट्रिय विकास स्वयंसेवक परिचालन कार्यक्रम सञ्चालित छन्”, उहाँले भन्नुभयो, “खेलकूदतर्फ अन्तरराष्ट्रियस्तरको राष्ट्रिय खेलकूद परिसर निर्माण, रङ्गशाला निर्माण क्रिकेट रङ्गशाला निर्माण, प्रादेशिक रङ्गशाला निर्माण र स्थानीयतहमा समेत खेल मैदान तथा खेलग्राम निर्माणकार्य सम्पन्न गरिएको छ ।”

उहाँले आगामी वर्षका लागि पनि विभिन्न लोकप्रिय कार्यक्रम तय गरिएको बताउनुभयो । उहाँले युवाका लागि विज्ञान तथा प्रविधि प्रवद्र्धन कार्यक्रमलाई अघि बढाइने बताउनुभयो । “सहुलियत पूर्ण कर्जाको सहजीकरणका लागि उद्यमशीलता तथा वित्तिय साक्षरता तालिम सञ्चालन गरिने छ”, उहाँले भन्नुभयो, “सबै मन्त्रालयका युवा सम्बन्धित कार्यक्रमसँग समन्वय गर्ने छौँ ।”

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version