काठमाडौं :नेपाल बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले २३ वर्षपछि लाभांश वितरण गर्न लागेको हो ।
बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न सञ्चालक समिति बैठकले उक्त लाभांश घोषणा गरेको हो।
सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो।
बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको २४ औं बैठकले बैंकको एफपिओ बिक्रीपछि कायम भएको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँबाट १५ प्रतिशतका दरले एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँको बोनस र ९८ करोड ११ लाख १४ हजार ८००रुपैयाँ नगद लाभांश गरि कूल दुई अर्ब ४५ करोड २७ लाख ८७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
खराब व्यवस्थापनका कारण निष्कृय कर्जाले थिचिँदा बैंकले २२ वर्षसम्म आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन।
बोनस वितरण पश्चत बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ पुग्नेछ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा तीन अर्ब ४५ करोड १२ लाख ८३ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै बैंकले बढाएर दुई अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
