काठमाडौं : श्रीलंकाली नवनिर्वाचित राष्ट्रपति गोतावय राजापाक्षले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मनमुटुमा विशेष स्थान रहेको बताएका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उनले यस्तो बताएका हुन्।

 

‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयत्न गर्नेछु र छिटै भेट्ने अवसरको प्रतिक्षामा हुनेछु,’ उनले भनेका छन्।

 

उनलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू उनीसँग घनिष्ठरुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ पार्न चाहेको बताएका थिए।

 

गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version