काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आम्दानी ४.९ प्रतिशतले कमी आई रु.२३० अर्ब २४ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आम्दानी ३७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई रु.२६० अर्ब ७७ करोड कायम भएको छ । अघिल्लो वर्षको
सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको
संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।
