काठमाडौं : सवारी साधनको ठक्करबाट नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ ।

 

संसद भवनको दक्षिण गेट अगाडि सिभिल अस्पतालमा कार्यरत् चिकित्सक प्रभु जोशीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका जोशीलाई नजिकै रहेको उनी कार्यरत् अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

ठक्कर दिने सवारी साधनको पहिचान भएको छैन ।

 

‘बिहान पौने ६ बजेको घटना भएकाले गाडी स्पष्टसँग देखिएको रहेनछ’, महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘सीसी टीभी फुटेजको विश्लेषणबाट पत्ता लगाउने कोशिश गरिरहेका छौं ।’

 

मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले बताए ।

 

यसैबीच चितवनको भरतपुर महानगरपालिका(२९ दासढुंगामा आइतबार बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो ।

 

ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान करिब ६स्२५ बजे मृत्यु भएको हो । दुर्घटना बिहान करिब ५स्५४ बजे भएको थियो ।

 

पुरुषलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version