काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्ततः सरकारले डा गोविन्द केसीसँग यसअघि मेरो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश अनुसारनै चिकित्सा शिक्षा विधेयक ल्याउने सहमति गरेको छ । सरकारलाई धन्यवाद ! डा केसीको मागमा साथ दिएर सरकारलाई दवाव दिने हामी सबैलाई बधाई !’

देउवाले ९ बुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिएका छन् ।

यसैबीच नेपाली काँग्रेसले आज बस्ने बैठकमा अवरोध नगर्ने भएको छ । डाक्टर गोविन्द केसीको मागको समर्थन गरेको कांग्रेसले सोहि मुद्दा उठाउँदै संसद अबरुद्ध गर्दै आएको थियो । तर, केसीकाे माग पूरा भएकाले आजको बैठक अबरुद्ध नगरिने काँग्रेस नेता डा नारायण खड्काले जानकारी दिए ।

अघिल्लो सरकारको पालामा चिकित्सा शिक्षा अध्यादेश सहमतिमै आएको स्मरण गराउँदै सांसद डा खड्काले सरकारले सामाजिक न्यायमा आधारित शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version