पोखरा : पोखरा–९ नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको गेटमा बम विस्फोट भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनावी सभा आयोजनास्थल अगाडि भएको विस्फोटबाट मानवीय क्षति भने भएको छैन।
सो चुनावी सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही बेरपछि संवोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्डसहितका नेताहरु सोही सभामा छन्। चुनावी सभामा सहभागि हुन पोखराका विभिन्न क्षेत्रबाट कार्यकर्ताहरु सो क्षेत्रमा जाने क्रम जारी रहेको छ ।
प्रहरीले घटनाको पुष्टी गरेको छ। यो नेकपाको अन्तिम चुनावी सभा हो।
Facebook Comments Box
