काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ ।
निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।
रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक छ ।
त्यस्तै ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।
सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।
Facebook Comments Box
