काठमाडौं ः १३ औं साग अन्तर्गत पोखरामा जारी डुवाथोलनमा नेपालले स्वर्ण र रजत पदक जितेको छ ।

आज मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत पदक जिते ।

नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठका अनुसार श्रीलंकाका असेस परेराले कास्य पदक जितेका छन् ।

डुवाथोलनमा सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २।५ किलोमिटर दौड पुरा गर्नुपर्ने हुन्छ ।

ट्रायथोलनमा नेपालको पदक संख्या ४ पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version