काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा धाविका सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

एथलेटिक्समा यो पहिलो स्वर्ण पदक हो ।

 

सन्तोषीले ३५ मिनेट ७।९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।

सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै पहिलो स्थान हात पारिन् ।

पहिलो ल्यापदेखि नै सन्तोषीले अग्रता बनाएकी थिइन् । सुरुवातदेखि नै सन्तोषीलाई पछ्याएकी कविताले अन्तिम १ सय मिटरमा अग्रता लिएपनि सन्तोषीले अन्तिम सेकेन्डमा पदक जित्न सफल भइन् । कविता सन्तोषीभन्दा १ मिलिसेकेन्डले पछि परेकी हुन् ।

त्यसअघि धावक टंक कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष १५ सय मिटर दौडमा कास्य पदक जिते ।

आज मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९।२० सेकेन्डमा पूरा गरे ।

भारतका अजयकुमार सरो ३ मिनेट ५४।८१ सेकेन्डमा दौड पूरा गर्दै प्रथम हुँदा भारतकै अजित कुमार ३ मिनेट ५७।१८ सेकेन्डको समयले दोस्रो भए ।

दौडका दौरान अधिकांश समय पाँचौ स्थानमा रहेका टंकले अन्तिम ल्यापमा भने उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ भने सरस्वती भट्टराई पाँचौ स्थानमा रहिन् । उनले दौडको १२ सय मिटरसम्म अग्रता बनाएपनि त्यसपछि अन्तिम ल्यापमा भने आफ्नो अग्रता जोगाउन सकिनन् ।

श्रीलंकाकी कुबुरालागेले स्वर्ण जित्दा भारतका चद्ना दोस्रो र चित्रा पलाकिज तेस्रो भए ।

त्यस्तै महिलाको १ सय मिटर दौडतर्फ सरस्वती चौधरीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेपनि पदक जित्न सकिनन् ।

उनले हिट चरणमा १२।५७ सेकेन्डमा दुरी पुरा गर्दै शीर्ष ८ मा पर्न सफल भइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version