काठमाडौं : महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

 

लघुवित्त सञ्चालक समितिको मंसिर १६ गते सम्पन्न ९७ औं बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

 

यो सस्थाले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट अघिल्लो आवको तुलनामा १२ प्रतिशत धेरै लाभांश दिन लागेको हो ।

 

गत आवको चौंथो त्रैमाससम्म लघुवित्तको सञ्चित मुनाफा २ करोड ४३ लाख ३२ हजार ३७ रहेको थियो। जसबाट कम्पनीले २ करोड ४२ लाख रुपैयाँ लाभांश बाँड्न लागेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा लघुवित्तले ८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो।

 

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बराबरको एक करोड २१ लाख रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version