काठमाडौं : ग्लोबल आईएमई बैंकसंग भर्खर मर्जर भएको जनता बैंकले आफ्ना ग्राहकलाई नयाँ खाता खोल्न बाध्यकारी नियम ल्याएको छ।
भोली मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ खाता नम्बर लिनपर्ने सूचना जारी गरेको छ ।
बैंकले संयुक्त कारोबार पश्चात हाल कायम रहेको खाता नम्बर परिवर्तन हुने भएकोले आफुलाई पायक पर्ने ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा सम्पर्क राखी नयाँ खाता नम्बर लिनुपर्ने भएता पनि साविककै जनता बैंकको पुरानो चेक तथा एटीएम कार्डहरु भने प्रयोग गर्न सकिने जनाएका्े छ ।
चेक र एटीएमको अवधि समाप्त नभएसम्म सुचारु रुपले प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
यसका साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्गहरुका सम्बन्धमा साविककै युजरनेम र पासवर्ड प्रयोग गरी ग्लोबल आईएमई बैंकको इन्टरनेट तथा मोबाइल एपबाट चलाउन सक्ने बैंकले जनाएको छ।
