काठमडौँ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि निर्मम दमन भएको भन्दै घटनामा सङ्लग्न दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ ।

 

सो सङ्गठनका सहसंयोजक रञ्जीत तामाङले आज विज्ञप्ति जारी गरी स्थानीय त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा हुइँकिएर आएको ना२ख ९४५९ नंको ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको जनाएका छन् ।

 

घटनालाई संयमीत बनाउनतिर लाग्नुभन्दा आगोमा घीउ थप्ने काम सुरक्षाकर्मीबाट भएको भन्दै सो सङ्गठनले दोषीलाई कारवाही र घाइतेको स्वास्थ्योपचारको माग पनि गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version