पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ ।

 

 

पोखरा रंगशालामा आज सोमबार भएको फाइनलमा नेपाल भारतसँग २(० ले पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।
भारतका लागि बाला देवीले २ गोल गरिन् ।

१६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् ।

उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन सकेन ।

१८ औं मिनेटमा भारतले अग्रता लियो । डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवीले गोल गर्दै भारतलाई अगाडि बढाइन् ।

 

३४ औं मिनेटमा अमृता जैसीको क्रसमा भारतीय गोलरक्षक अदिति चौहानले बल छुटाएपछि सावित्राको क्रसलाई बाला देवीले क्लियर गरिदिइन् ।

४२ औं मिनेटमा पुनः गोलरक्षक एन्जिला र डिफेन्सबीच तालमेल नमिल्दा ग्रेसले खाली पोस्ट रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

 

दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता लिने अवसर पायो । सावित्रा भण्डारीले पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक अदितिले उत्कृष्ट बचाउ गरिन् । त्यसको केहिबेरमा नै भारतले अग्रता दोब्बर पार्यो । बालादेवीले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भारतलाई स्वर्ण पदक नजिक पुर्याइन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version