काठमाडौं : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज समापन हुँदैछ ।
आज अन्तिम दिन विभिन्न ५ खेलहरु फुटबल, बास्केटबल, बक्सिङ, जुडो र स्क्वासमा प्रतिस्पर्धाहरु हुँदैछन ।
फुटबलतर्फ पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ बजे हुनेछ ।
बास्केटबलको पनि फाइनल खेल आज हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ बजे हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ ः३० बजे शुरु हुनेछ । त्यसैगरी महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।
बक्सिङतर्फ आज अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १ बजेदेखि शुरु हुनेछ ।
जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु बिहान ९ बजेदेखि शुरु हुनेछ । फाइनल खेल भने अपरान्ह १२ स् ३५ मा शुरु हुनेछ ।
स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।
