काठमाडौँ: प्रहरीले राजधानीबाट मकाउ पठाउछु भन्दै ठगी धन्दा चलाउने एक ब्यक्तीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले जिल्ला सुनसरी धरान घर हुने वर्ष ५० को बाल कृष्ण भण्डारीलाई ललितपुरस्थित थसिखेल कुसुन्तीबाट साउन ११ गते पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक कृष्णहरी शर्माका अनुसार मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भण्डारीले २३ जना व्यक्तिहरूवाट प्रति व्यक्ति २ लाख ७५ हजार रुपैयाँ उठाइ ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

भण्डारीमाथि थप अनुशन्धान गर्न ललितपुर जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान भईरहेको पनि उनले बताए । साथै ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भईरहेको ।

प्रहरीले यस सम्बन्धमा अरू कोही ठगिएका नेपाली भए ब्यूरोमा सम्पर्क राख्न हुन अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version