काठमाडौं : सुन र चाँदीको भाउ आज आइतबार फेरि बढेको छ। अघिल्लो दिन तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आइतबार फेरि बढेको हो।
यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ७१ हजार २०० र तेजाबी सुन प्रतितोला ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ८४० रुपैयाँमा खरिद बिक्री भउको थियो।
