काठमाडौं : प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले सुझाएको छ ।

 

साथै समितिल यहाँको स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन समितिले आज सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई बुझाउने जनाएको छ ।

समितिले डेढ वर्ष लगाएर प्रदेशको नाम र राजधानी सिफारिस गरेको हो ।

 

स्थायी राजधानीका लागि समितिले बुटवल–सैनामैना कपिलवस्तुको बाणगंगा–बुद्धभूमि र दाङको भालुवाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको समितिका एक सदस्यले जानकारी दिए ।

 

हिजो आइतबार बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो ।

 

प्रदेशको स्थायी राजधानी र नामाकारण सहमति वा नभए प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुङ्गो लगाउने संवैधानिक व्यवस्था छ ।

 

प्रदेश पाँचको राजधानी दाङ हुनुपर्ने पक्षमा मुख्यमन्त्री शंकर पोखरेल देखिएका कारण नामकरण र राजधानी तोक्ने विषय ओझेलमा परेको आरोप लागदै आएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version